मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • हवाई सञ्जालमार्फत पाँच प्रदेशका ठूला सहरसँग जोडियो पोखरा
समाचार

हवाई सञ्जालमार्फत पाँच प्रदेशका ठूला सहरसँग जोडियो पोखरा

  • सिधा दृष्टी आइतवार, फाल्गुन २२, २०७८ | March 6, 2022

काठमाडौं– पोखरा विमानस्थलबाट हुने हवाई सेवा देशका सातवटा ठूला सहरसम्म विस्तार भएको छ। निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पोखरालाई सातवटा ठूला सहरमा हवाई सञ्जालमार्फत जोडेको हो।

बुद्धले सातौं सहरको रुपमा शनिबार पोखरा–जनकपुर सिधा हवाई उडान सुरु गरेपछि मधेश प्रदेशसँगको पहुँच सहज भएको छ। बुद्धले साताको तीन दिन पोखरा–जनकपुर रुटमा उडान गर्ने बताएको छ। बुद्धका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले पोखरा–जनकपुर शनिबार, सोमबार र बुधबार उडान गर्ने जानकारी दिए। पहिलो चरणमा सातामा तीन दिन र यात्रु संख्या बढ्दै गएमा

दैनिक उडान गर्ने बुद्धको योजना रहेको उनले सुनाए। बुद्धले १८ सिट क्षमताको जहाजबाट सो रुटमा उडान शुरु गरेको छ।

स्टेसन म्यानेजर बरालका अनुसार निकट भविष्यमै बुद्धले पोखराबाट विराटनगर र भद्रपुर उडान सुरु गर्ने योजना बनाएको छ। ‘अहिले सामान्यतयाः प्यासेन्जर फ्लो राम्रो छ। अधिकांश प्यासेन्जर नेपाली नै छन्, विदेशीहरु आएको अवस्था छैन। कोभिडपछि प्यासेन्जरको फ्लो कम हुन्छ कि भन्ने थियो तर राम्रो भएको छ। कोभिड भन्दा अगाडिकै स्थितिमा आइसकेको छ। बुद्धको पोखरा–काठमाडौं १२ वटा फ्लाइट हुन्छ। धनगढी, भैरहवा, जनकपुर, भरतपुर सिमरा गरेर १७ वटा फ्लाइट गर्छौं। सबै एयरलाइन्सको गरेर २१ वटा फ्लाइट छ। १२ सय जना प्यासेन्जर हुन्छन्।’

बुद्धको पोखरा–जनकपुर पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टिम जनकपुर गएको थियो। पोखरा–जनकपुरको उडानमा प्रतियात्रु सबैभन्दा बढी ९ हजार ३ सय ६० र सबैभन्दा कम ४१ सय रुपैयाँ भाडा तोकिएको छ।

पोखरा–जनकपुर ५० मिनेटको हवाई यात्रा हुने बरालले बताए। बुद्धले पोखराबाट काठमाडौं सहित ठूला सहरसम्म सिधा हवाई उडान सञ्जाल विस्तार गरेसँगै आन्तरिक पर्यटकको पोखरा आउजाउ बढ्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय