शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • अनुसन्धानलाई प्रभावित पार्ने उद्देश्यले भिडियो तथा फोटा अपलोड नगर्न साइबर व्युरोको चेतावनी
समाचार

अनुसन्धानलाई प्रभावित पार्ने उद्देश्यले भिडियो तथा फोटा अपलोड नगर्न साइबर व्युरोको चेतावनी

  • सिधा दृष्टी शुक्रबार, फाल्गुन २०, २०७८ | March 4, 2022

भरतपुर । गम्भिर प्रकृतिको अपराधको अनुसन्धान अनुसन्धान कार्यलाई प्रभावित पार्ने उद्देश्यले झुट्टा एवं भ्रामक क्याप्सन राखी भिडियो तथा फोटा युट्युव तथा टिकटकमा अपलोड नगर्न साइबर व्युरोले चेतावनी दिएको छ ।

प्रहरी प्रधान कार्यालय, साइबर व्युरो काठमाडौँले शुक्रबार एक सूचना जारी गरी समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्‍याउने र पीडितको गोपनियताको हकको हनन गर्दै निजको सामाजिक तथा मानसिक स्वास्थ्यमा नकरात्मक असर पुर्‍याउने किसिमको प्रवृत्ति देखिएको प्रहरीले बताएको छ ।

त्यस्ता क्रियाकलापहरु विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७

अन्तर्गतको कसुरमा प्रचलित कानुन बमोजिम कारबाही हुने साइबार व्युरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक नबिन्द अर्यालले बताए । त्यस्ता प्रकारका गतिविधि नगर्न व्युरोले आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय