अभिनेता पल शाहमाथि लागेको बलात्कारको आरोपबारे राष्ट्रिय मानव अधिकार आयोगले संयमित भएर अनुसन्धान प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ । तनहुँ प्रहरीले शाहमाथि लागेको बलात्कारको आरोपमा अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा आरोपका पक्ष र विपक्षमा भइरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।