शनिबार, जेष्ठ १४, २०७९ | Saturday 28th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बाह्रबिसेका वडाध्यक्षद्वारा कांग्रेस छाडेको घोषणा, एमाले प्रवेशको तयारी
समाचार

बाह्रबिसेका वडाध्यक्षद्वारा कांग्रेस छाडेको घोषणा, एमाले प्रवेशको तयारी

  • सिधा दृष्टी बिहिबार, फाल्गुन १९, २०७८ | March 3, 2022

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका नेता एवम् बाह्रबिसे नगरपालिका-२ का वडाअध्यक्ष बमबहादुर तामाङले कांग्रेस छाडेका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दे उनले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका हुन् । उनीसहितका कांग्रेसका नेताहरू एमालेमा प्रवेश गर्ने समेत तयारीमा छन् ।

माओवादी द्वन्द्वकालमा आफू अविचलित रहँदा गोली हानेर घाइते बनाए पनि अहिले कांग्रेसका नेताहरूले आफूहरूलाई पेलेको उनको आरोप छ ।
स्थानीय निर्वाचनमा विजय भएर कांग्रेसको नीति सिद्दान्त अनुसार दिनरात नभनी काम गरेपनि पार्टीका नेताहरुले कहिले पनि जस नदिने, सार्वजनिक स्थानमा

समेत अपमान गर्ने क्रियाकलप निरन्तर भइरहेको तामाङले बताए ।

‘एउटा लोकतान्त्रिक पार्टी भित्र काम गर्दा गर्दे पनि सधै अपमानित भएर बस्न मलाई मेरो नैतिकताले दिएन,त्यसैले कांग्रेस पार्टी छाडेको छु’, उनले भनेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय