शनिबार, जेष्ठ १४, २०७९ | Saturday 28th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सत्ता गठबन्धनद्वारा संसद् अवरोध हटाउन एमालेलाई आग्रह
समाचार

सत्ता गठबन्धनद्वारा संसद् अवरोध हटाउन एमालेलाई आग्रह

  • सिधा दृष्टी बिहिबार, फाल्गुन १९, २०७८ | March 3, 2022

काठमाडौँ, १९ फागुन । सत्तागठबन्धन दलहरुले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लाई आग्रह गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकबारे जानकारी दिँदै सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् लामो समयसम्म सुचारु नहुँदा जनतामा संसद्प्रति नै नकारात्मक धारणा बन्न सक्छ भन्ने बारेमा छलफल भएको बताए ।

लामो समयदेखि संसद् बैठक अवरुद्ध हुँदा संसद्मा विचाराधीन महत्वपूर्ण

विधेयकमाथि छलफल हुन नसकेकाले संसद् बैठक सुचारु गर्ने सम्बन्धमा गम्भीर रुपमा छलफल भएको नेपाली कांग्रेसका नेता समेत रहनुभएका मन्त्री कार्कीले बताए ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाको संयोजनमा भएको बैठकमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता सामाजवादी पार्टी नेपालका शीर्ष नेताहरुको सहभागिता थियो । (रासस)

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय