काठमाडौं- नेपाली कांग्रेसका भातृ संस्थाहरूको विधानलाई अन्तिम रूप दिनका लागि नेपाली कांग्रेसका पदाधिकारी छलफलमा जुटेका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा सभापति देउवा भने अनुपस्थित छन्।
८ यस्तै सहमहामन्त्रीमध्ये उमाकान्त चौधरी पनि बैठकमा सहभागी छैनन्। सरकारी काममा व्यस्त हुनु परेकाले मन्त्रीहरू छलफलमा सहभागी नभएको बताइको छ। देउवा प्रधानमन्त्री हुन् भने चौधरी मन्त्री छन्।
पदाधिकारीको छलफलले हालसम्म दलित संघको विधानलाई अन्तिम रूप दिएको बताइएको छ। बैठकमा किसान संघ, महिला संघ, प्रजातान्त्रिक सेनानी संघ र सांस्कृतिक संघको विधानबारे छलफल भइरहेको छ।