बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले गृहमन्त्री बालकृष्ण खाणसँग बुधबार भेटेका छन्
समाचार

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले गृहमन्त्री बालकृष्ण खाणसँग बुधबार भेटेका छन्

  • सिधा दृष्टी बुधबार, फाल्गुन १८, २०७८ | March 2, 2022

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले गृहमन्त्री बालकृष्ण खाणसँग बुधबार भेटेका छन् । भेटका क्रममा राजदुत बेरीले एमसीसी पास गरेकामा नेपाललाई धन्यवाद दिएको गृह मन्त्रालयले जनाएको छ ।

भेटवार्ताका क्रममा संसदबाट एमसीसीका सन्दर्भमा पारित गरिएको व्याख्यात्मक घोषणाको पनि चर्चा भएको थियो । गृहमन्त्रालयका अनुसार राजदूतले व्याख्यात्मक घोषणामा आफूहरुले पहिलेदेखि भन्दै आएका विषय समेटिएको बताएका थिए ।

‘एमसीसीबारे सरकार र प्रतिनिधिसभाको व्याख्यात्मक घोषणाबारे हामी पहिल्यैदेखि जानकार थियौँ । व्याख्यात्मक घोषणामा हामीले भन्दै आएका विषय समेटिएका छन्,’ राजदूत बेरीको भनाई

उद्वृत गर्दै गृह मन्त्रालयले भनेको छ

राजदुत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसीसी पास हुन सकेको बताए ।

एमसीसी निर्णयार्थ प्रस्तुत हुने बेलामा नेपाल सरकारले अमेरिकन राजदूताबास र अन्य अमेरिकी सहयोग निकायलाई प्रदान गरेको सुरक्षा व्यवस्थाका लागि धन्यवाद दिँदै राजदूत बेरीले नेपालको विकास, समृद्धि र शान्तिमा अमेरिका सँधै साथमा रहने प्रतिवद्धता व्यक्त गरे ।

भेटमा गृहमन्त्री खाणले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउन सत्तामा हुँदा मात्र नभइ प्रतिपक्षीमा हुँदा पनि दृढ र स्पष्ट विचार राख्दै आएको बताए ।

‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउन दृढ हुनुहुन्थ्यो । उहाँ प्रतिपक्षमा रहँदा पनि एमसीसी पास गर्न स्पष्ट विचार राख्दै आउनुभएको थियो,’ गृहमन्त्री खाणले भेटमा भने, ‘एकातिर एमसीसी पास गर्नु थियो । अर्कोतिर सबै राजनीतिक दललाई साथमा लिएर अगाडि बढ्नु थियो । एमसीसीको विषयले वर्तमान सरकारलाई असर नगरोस् भन्नेमा प्रधानमन्त्री चिन्तित हुनुहुन्थ्यो । जुन सफल भयो । सबै नेपाली जनता र नेपाल सरकार खुसी छौँ ।’

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय