शनिबार, जेष्ठ १४, २०७९ | Saturday 28th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न उनको निवास हात्तीवन पुगेका छन्
समाचार

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न उनको निवास हात्तीवन पुगेका छन्

  • सिधा दृष्टी बुधबार, फाल्गुन १८, २०७८ | March 2, 2022

काठमाडौं- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न उनको निवास हात्तीवन पुगेका छन्।

एमसीसी सम्झौतालाई लिएर चर्को असन्तुष्टि पोखिरहेका श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान निवासमा पुगेका हुन्। श्रेष्ठले पार्टी छाड्ने चर्चा चलिरहेका बेला भएको यो भेटलाई चासोका साथ हेरिएको छ।

एमसीसीबारे श्रेष्ठ र विप्लवको एकै मत छ। दुवै यथास्थितिमा एमसीसी अनुमोदन हुन नहुने अडानमा थिए। यद्यपि, माओवादीकै समर्थनमा संसद्बाट एमसीसी पास भइसकेको छ। माओवादीले एमसीसीलाई समर्थन गर्ने निर्णय गर्दा नारायणकाजीसहित पार्टीका ५ जना सिनियर

नेताले असहमति जनाएका थिए।

एमसीसी अनुमोदनको विपक्षमा उभिएका श्रेष्ठलाई फकाउन अध्यक्ष प्रचण्ड मंगलबार श्रेष्ठ निवासमा पुगेका थिए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय