शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • शिवरात्रिमा करिब १० लाख मानिस पशुपति क्षेत्र पुगे
समाचार

शिवरात्रिमा करिब १० लाख मानिस पशुपति क्षेत्र पुगे

  • सिधा दृष्टी बुधबार, फाल्गुन १८, २०७८ | March 2, 2022

काठमाडौं- यस वर्षको शिवरात्रिमा करिब १० लाख मानिस पशुपति क्षेत्र पुगेको अनुमान पशुपति क्षेत्र विकास कोषले जनाएको छ। अघिल्ला दुई वर्षको शिवरात्रिमा कोरोना महामारीका कारण पशुपतिनाथ मन्दिर नै बन्द थियो।

यस वर्ष भने महामारीको जोखिम कम भएपछि हालैमात्र मन्दिर खुलेको हो। कोषले यस वर्षको शिवरात्रिमा भक्तजनको ओइरो लाग्ने अनुमान गरेर त्यसैअनुसार तयारी गरेको थियो।

दर्शनार्थीको सुरक्षाका लागि पशुपति क्षेत्रमा करिब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो। पाँच हजार नेपाल प्रहरी, तीन हजार ५ सय सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र

नेपाली सेनाका समेत गरेर सो संख्यामा सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालन गरिएको हो।

शिवरात्रिमा भक्तजनले शिवजीको प्रसाद भन्दै गाँजा, भाङ, चरेसको सेवन गर्ने गरेका कारण त्यसलाई रोक्न पनि प्रहरीको समूह खटिएको थियो। यस पटक त्यस्ता गतिविधि नभई महाशिवरात्री शान्त तवरले सम्पन्न भएको प्रहरीले बताएको छ।

यसैबीच, दर्शनार्थीको चाप बढेर मंगलबार राति आर्यघाट छेउको पुलको पर्खाल भत्किएको छ। दक्षिणतर्फ रहेको पुलको उत्तरतिरको भाग भत्किँदा दुई जना घाइते भएका छन्। पानीमा खसेकाहरुको तत्काल प्रहरीले उद्धार गरेको थियो। सो पुल जीर्ण थियो र प्रहरीले त्यता नजान सचेत पनि गराइरहेको थियो।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय