काठमाडौं– कलाकार जयनन्द लामाको पोष्टमार्टम रिपोर्ट आएको छ। लामा यही फागुन ११ मा भक्तपुरको कौशलटारस्थित घर बाहिर मृत फेला परेका थिए।
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा उनको शव परीक्षण गरिएकोमा चिकित्सकले लामाको मृत्युको कारण टाउको ठोकिएको उल्लेख गरेका छन्। ‘ब्लन्ट फोर्स इन्जुरी टु दि हेड’ अर्थात् टाउको बजारिएर लामाको मृत्यु भएको पुष्टि भएको हो।
लामा ११ गते बिहान ७ बजेतिर आफ्नै कारबाट लडेको अवस्थामा घर बाहिर मृत भेटिएका हुन्। लामाको एउटा खुट्टा कारमा अड्किएको थियो भने शरीर घोप्टो परेर भुइँमा