सोमवार, जेष्ठ ९, २०७९ | Monday 23rd May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन
समाचार

कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन १७, २०७८ | March 1, 2022

काठमाडौं– नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा निर्वाचित भएका छन्। पार्टीको १४ औं अधिवेशनअन्तर्गत मंगलबार सम्पन्न निर्वाचनबाट लामा सभापतिमा निर्वाचित भएका हुन्।

सोमबार भएको मतदानमा सभापतिका तीनैजना उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि सहमतिको आधारमा लामा अध्यक्ष बनेका हुन्। मतदानमा लामाले ५९२ मत, आनन्दराम पराजुलीले ५४५ मत मत र जयराम लामिछानेले ५३१ मत प्राप्त गरेका थिए। जिल्ला नेतृत्व चयनको लागि १ हजार ८५३ प्रतिनिधिमध्ये १ हजार ७७५ प्रतिनिधिले मतदान गरेका थिए।

निर्वाचन समितिले सभापतिको लागि दोस्रो चरणको मतदान मंगलबार

दिउँसो १ बजेदेखि सुरु हुने सूचना प्रकाशित गरेकोमा दोस्रो बढी मत ल्याएका पराजुलीले लामालाई समर्थन गरेपछि चुनाव गर्नु नपरेको हो।

लामा र पराजुली दुवै संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा पक्षका हुन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय