शनिबार, जेष्ठ १४, २०७९ | Saturday 28th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सुर्खेतमा एमसिसीको विरोधमा प्रदर्शनकारीले निषेधाज्ञाका बीच पनि प्रदर्शन गरेका छन्
समाचार

सुर्खेतमा एमसिसीको विरोधमा प्रदर्शनकारीले निषेधाज्ञाका बीच पनि प्रदर्शन गरेका छन्

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन १७, २०७८ | March 1, 2022

वीरेन्द्रनगर १७ फागुन । सुर्खेतमा एमसिसीको विरोधमा प्रदर्शनकारीले निषेधाज्ञाका बीच पनि प्रदर्शन गरेका छन्। उग्र भएर तोडफोड र आगजनी गर्न थालेपछि लगाइएको निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शनकारीले प्रदर्शन जारी राखेका हुन्। निषेधाज्ञा उल्लंघन गर्ने २३ प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने झडपमा प्रहरी निरीक्षकसहित १८ प्रहरी घाइते भएका छन्।
घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका थिए। ढुङ्गा प्रहारबाट नगर प्रहरी प्रमुख लालबहादुर सुनार पनि घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका

अनुसार घाइते प्रहरीमध्ये नौ जनालाई उपचारका लागि अस्पताल लगिएको छ भने बाँकी नौ सामान्य घाइते छन्।
दुई सर्वसाधारणसमेत घाइते भएका छन्। प्रदर्शनीका कारण वीरेन्द्रनगर क्षेत्रमा तनाव भएपछि जिल्ला प्रशासन कार्यालयले हिजो राति सवा ८ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि आदेश जारी गरेको हो। हिजो बन्दकर्ताले बेलुका सुर्खेतमा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा आगजनी र तोडफेड गरेका थिए। एमसिसी अनुमोदनको विरोधमा बन्द आह्वान गरेका दलका कार्यकर्ताहरुले नेकपा एमालेको पार्टी कार्यालयमा आगो लगाएका थिए।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले अर्काे निर्णय नहुँदासम्मका लागि आज बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए। उनले आज दिनभरको स्थितिअनुसार पछि निर्णय लिइने जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय