काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। ओलीले दिउँसो १ बजे तीनकुनेस्थित रोयल बैंक्वेटमा पत्रकार सम्मेलन गर्न लागेका हुन्।
एमाले प्रचार विभाग एवं प्रसार उपप्रमुख विष्णु रिजालले अध्यक्ष ओलीले देशको पछिल्लो राजनीतिक अवस्था, स्थानीय तहको चुनावलगायत विषयमा विचार व्यक्त गर्न पत्रकार सम्मेलन गर्न लागेको बताएका छन्।
प्रतिनिधि सभाबाट अनुमोदित एमसीसीका विषयमा समेत ओलीले बोल्ने बताइएको छ।