काठमाडौं- वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले ९० लाख खर्चमा तीन प्रतियोगिता आयोजना गर्ने भएको छ।
कमिटीले फेन्सिङ आयोजना गर्न २५ लाख रुपैंया, बक्सिङमा ५० लाख रुपैंया र दौडमा १५ लाखसहित कुल ९० लाख रुपैंया खर्च हुने अनुमान गरेको छ।
कमिटीको आयोजनामा शनिबारबाट वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान तीन इभेन्टमा प्रतिस्पर्धा हुने नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिए।
ओलम्पिक मापदण्डअनुसार तौलअनुसार पुरुषतर्फ सात र महिलातर्फ पाँच गरी १२ तौल
समूहमा प्रतिस्पर्धा हुनेछन्।
वैशाख ६ गतेदेखि ‘वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता’ र वैशाख १६ गते ‘तेस्रो वीर गणेशमान सिंह १० हजार मिटर रोड रेस’ आयोजना हुने वीर गणेशमान सिंह स्पोर्टस् कमिटीका संयोजक सञ्जीव तुलाधरले जानकारी दिए।
यस्तै, वैशाखमा हुने १० हजार मिटर रोड रेसमा यस वर्षबाट पाँच किलो मिटर दौडलाई पनि समावेश गरिएको तुलाधरले बताए।