सोमवार, जेष्ठ ९, २०७९ | Monday 23rd May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • चितवन मा आज गरिएको बन्दको प्रभाव
समाचार

चितवन मा आज गरिएको बन्दको प्रभाव

  • सिधा दृष्टी सोमवार, फाल्गुन १६, २०७८ | February 28, 2022

भरतपुर । विवादित अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्झौताको विरोधमा आह्वान गरिएको नेपाल बन्दको प्रभाव चितवनमा आंशिक परेको छ । व्याख्यात्मक टिप्पणीसहित एमसिसी सम्झौता आइतबार संसदबाट अनुमोदन भएपछि विभिन्न छ कम्युनिष्ट पार्टी र दुई मोर्चाले आज नेपाल बन्दको आह्वान गरेका थिए ।

बन्दकर्ताले नारायणगढ बजारमा प्रदर्शन गरेका छन् । ‘राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर’ लेखिएको ब्यानरसहित बन्दकर्ताले नारायणगढको पुलचोकदेखि लायन्सचोकसम्म शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । एमसिसी सम्झौता संसदबाट अनुमोदन गर्ने राजनितिक दलका प्रमुख नेताहरु विरुद्ध बन्दकर्ताले नाराबाजी

गरेका थिए ।

मुख्य बजार क्षेत्रमा पसलहरु खुल्न सकेका छैनन् । चितवनमा लामो तथा छोटा दुरीका सार्वजनिक यातायात, मालबहाक गाडी र विद्यालय सञ्चालन हुन सकेका छैन । बैंक तथा वित्तिय संस्थाहरु एक/दुई वटा खुलेका छन् । मोटरसाइकल, अटोलगायत साना सवारी साधनहरु भने केहि कम सञ्चालन भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले बन्दको प्रभाव सामान्य परेको बताए । बन्दकर्ताले कतै जबरजस्ती गरेका छैनन् । अहिलेसम्मको अवस्था शान्तिपूर्ण रहेको उनले बताए । ‘अवस्था शान्तिपूर्ण नै छ । अहिलेसम्म बन्दकर्ता पनि पक्राउ परेका छैनन्’, उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय