काठमाडौं- अरनिको राजमार्गअन्तर्गत काभ्रपलाञ्चोकको पुलबजारमा शंकास्पद वस्तु फेला परेको छ। ‘नो एमसीसी’ लेखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो।
प्रहरीले उक्त क्षेत्रमा सुरक्षा व्यवस्था बढाएको छ। यात्रा गर्नेहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।
शंकास्पद वस्तु बम हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिसकेको जनाएको छ।
आज विभिन्न साना दल र मोर्चाले एमसीसीको विरुद्धमा नेपाल बन्दको आह्वान गरेका छन्।