धनगढी- डोटीमा इँटा बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार बेलुकी जिल्लाको दीपायल सिलगढी नगरपालिका-५ स्थित भित्रि सडकखण्डमा से२त ९१०६ नम्बरको इँटा बोकेको ट्रयाक्टर दुर्घटनामा परी एक जनाको ज्यान गएको हो।
दुर्घटनामा ट्रयाक्टरमा सवार आदर्श गाउँपालिका-३ का अन्दाजी २१ वर्षीय केशव विकको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका विकलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा पठाइएको थियो। उनको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
त्यस्तै, दुर्घटनामा चालक