सोमवार, जेष्ठ ९, २०७९ | Monday 23rd May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • महन्थ ठाकुर भन्छन् एमसीसी सम्झौता नेपालको विकासको पक्षमा छ
समाचार

महन्थ ठाकुर भन्छन् एमसीसी सम्झौता नेपालको विकासको पक्षमा छ

  • सिधा दृष्टी आइतवार, फाल्गुन १५, २०७८ | February 27, 2022

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी सम्झौता नेपालको विकासको पक्षमा रहेको बताएका छन् । प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले आफ्नो पार्टी एमसीसी सम्झौताको पक्षमा रहेको स्पष्ट पारेका छन् ।

उनले नेपालको विकास निर्माणका लागि एमसीसी सम्झौता आवश्यक रहेको बताए । नेपालको ट्रान्समिसन लाइनदेखि सडक निर्माणसम्ममा खर्च गर्नेगरी आउन लागेको अनुदान स्वीकार्नुपर्ने भन्दै उनले नेपालको बौद्धिक सम्पत्ति पनि नेपालकै हुने दाबी गरे । ठाकुरले एमसीसी सम्झौतामार्फत आउन लागेको अनुदान नेपालकै पहलमा

आएको बताए । उनले सबै प्रक्रिया पूरा गरी एमसीसी सम्झाैता भएकाे दाबी गर्दै यसबाट देशकाे विकास हुने पनि बताए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय