शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मनोरञ्जन
  • शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको आदेश
मनोरञ्जन

शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको आदेश

  • सिधा दृष्टी आइतवार, फाल्गुन १५, २०७८ | February 27, 2022

काठमाडौं । तनहुँ जिल्ला अदालतले नायक पल शाहलाई जबर्जस्ती करणी सम्बन्धी मुद्धामा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।

अदालतले शाहमाथि अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न म्याद थप गरेको हो ।

शाह आइतबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएपछि उनलाई म्याद थपका लागि अदालत लगिएको थियो ।

एक नाबालिकाले गत फागुन ११ गते शाहविरुद्ध जाहेरी दिएकी थिइन् ।

तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता युवराज खड्काले शाहविरुद्ध आवश्यक अनुसन्धान हुने बताए ।

प्रहरीले अधिकतम २५ दिनसम्म शाहलाई हिरासतमा राखेर

अनुसन्धान गर्न पाउँछ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय