बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मनोरञ्जन
  • प्रहरीसामु आज आफैं उपस्थित हुने पल शाहको घोषणा
मनोरञ्जन

प्रहरीसामु आज आफैं उपस्थित हुने पल शाहको घोषणा

  • सिधा दृष्टी आइतवार, फाल्गुन १५, २०७८ | February 27, 2022

काठमाडौं । नायक पल शाहले प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सो घोषणा गरेका हुन् ।

आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको र घरको सबै व्यवहार मिलाउनु परेकाले प्रहरीसामु उपस्थित हुन नसकेको भन्दै उनले माफीसमेत मागेका छन् ।

साथै आफ्नो फिल्म म यस्तो गीत गाउँछु २ गत शुक्रबारदेखि देशभरिका हलमा प्रदर्शन भएकाले फिल्मलाई असर नपरोस् भन्ने पक्षलाई ध्यानमा राखेको उनको भनाइ छ ।

नेपालको कानूनलाई सम्मान गर्दै प्रहरीसामु म आफैं आज उपस्थित हुने जानकारी सम्पूर्णमा

दिन चाहन्छु,’ शाहले लेखेका छन् ।

एक नाबालिग गायिकाले प्रहरीमा उनीविरुद्ध जबर्जस्ती करणी आरोपमा तनहुँ प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । त्यसयता प्रहरीको खोजीमा रहेका पल फरार रहँदै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय