शनिबार, जेष्ठ १४, २०७९ | Saturday 28th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • एमसीसीबारे निर्णय लिन सत्ता गठबन्धनको बैठक बस्दै
समाचार

एमसीसीबारे निर्णय लिन सत्ता गठबन्धनको बैठक बस्दै

  • सिधा दृष्टी आइतवार, फाल्गुन १५, २०७८ | February 27, 2022

काठमाडौं । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० परियोजना अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार विहान १० बजे गठबन्धनको बैठक बस्न लागेको प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

स्रोतका अनुसार ११ बुँदे परिमार्जनसहित एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमति नजिक पुगेको छ । उक्त सहमतिमा माओवादी केन्द्र र एकीकृत समाजवादीले संस्थागत निर्णय लिन बैठक बोलाएका छन् ।

बैठक सकिए लगत्तै गठबन्धनको बैठक बसेर एमसीसी पास गर्ने निर्णय

लिने बुझिएको छ । आजै दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसीमाथिको छलफल अघि बढाइने कार्यसूची छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेका सम्भावित कार्यसूचीमा एमसीसी पनि राखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय