सोमवार, जेष्ठ ९, २०७९ | Monday 23rd May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • प्रहरीको नियन्त्रणमा रहेका निर्देशक थापा रिहा
समाचार

प्रहरीको नियन्त्रणमा रहेका निर्देशक थापा रिहा

  • सिधा दृष्टी शनिबार, फाल्गुन १४, २०७८ | February 26, 2022

काठमाडौँ – नेपाल प्रहरीले निर्देशक सुदर्शन थापालाई नियन्त्रणमा लिई छोडेको छ । थापालाई शनिबार एक टेलिभिजनमा अन्तर्वाता दिइसकेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बलत्कारको आरोप लागी प्रहरीको खोजीमा रहेको नायक पल शाहसँग सम्पर्कमा रहेको हुन सक्ने भन्दै उनलाई आज प्रहरीले सोधपुछका लागि पक्राउ गरेको थियो ।

पल चार दिनसम्म पनि भागेको भाग्यै गरेपछि अब उनलाई लुकाउनेहरूको खोजीमा प्रहरी खटिएको छ। यसमा नियमित सम्पर्कमा देखिएको र आश्रय दिनेहरू रहेका छन्।

मुलुकी अपराध संहिता २०७४ ले भाग्न सघाउने र आश्रय दिने दुवै

व्यक्तिलाई समेत कारबाही गर्न सक्ने कानुनी प्रावधान छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय