काठमाडौं । अभिनेता पल शाहविरुद्ध करणीको जाहेरी दर्ता गरेको नाबालिगको पक्षमा अधिवक्ता राधिका खतिवडाले पक्षमा वकालत गर्ने भएकी छन् । अधिवक्ता खतिवडाले सामाजिक सञ्जालमा पीडित बालिकाको पक्षमा कानुनी लडाईँमा सहयोग गर्ने जानकारी दिएकी हुन् ।
अधिवक्ता राधिका खतिवडाले १७ वर्षीया बालिकाको विषयमा बोल्नुअघि विचार गर्न आग्रह गर्दै पीडित बालिका र अभिनेता पलबीचको विषयलाई लिएर कानुनी रुपमा व्याख्या समेत गरेकी छन् । उनले पीडित बालिकाका विषयमा सामाजिक सञ्जालमा अपव्याख्या गरेर विषयान्तर गर्न खोजिएकाले त्यस्ता गतिविधिहरु गरेर स्वतन्त्र अनुसन्धानमा बाधा नगर्न समेत