बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • युक्रेनमा रहेका १९३ नेपाली दूतावासको सम्पर्कमा, सुरक्षित ठाउँतर्फ जाँदै
समाचार

युक्रेनमा रहेका १९३ नेपाली दूतावासको सम्पर्कमा, सुरक्षित ठाउँतर्फ जाँदै

  • सिधा दृष्टी शनिबार, फाल्गुन १४, २०७८ | February 26, 2022

काठमाडौँ । युक्रेनमा रहेका नेपालीहरु सुरक्षित रहेको र सम्पर्क भइरहेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ । बर्लिनमा रहेको नेपाली दूतावासका अनुसार एकसय ९३ जना नेपाली सम्पर्कमा आएका छन् ।

युक्रेनमा दुई सयभन्दा बढी नेपाली रहेको दूतावासको अनुमान छ । रुसले पूर्वी भागमा आक्रमण गरेकाले पश्चिमी क्षेत्र सुरक्षित रहेको भन्दै दूतावासले त्यता जान आग्रह गरेको छ । युक्रेनको राजधानी र पूर्वी क्षेत्रमा रहेका नेपाली स्थलमार्गबाट सुरक्षित ठाउँतर्फ गइरहेका छन् ।

युक्रेनसँग सिमाना जोडिएका स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले नाका खुला गरेकाले सुरक्षित

तरिकाले नेपाल फर्कनको लागि ती देशतर्फ जान सकिने पनि दूतावासले जनाएको छ । सीमा नाकामा प्रवेश गर्नको लागि राहदानी या यात्रा अनुमतिपत्र आवश्यक परेमा राहदानीको फोटोकपी र फोटो दूतावासको ठेगानामा पठाउन पनि आग्रह गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय