सोमवार, जेष्ठ ९, २०७९ | Monday 23rd May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मोटरसाइकल दुर्घटनामा घाइते सुर्खेतका वडा अध्यक्षको मृत्यु
समाचार

मोटरसाइकल दुर्घटनामा घाइते सुर्खेतका वडा अध्यक्षको मृत्यु

  • सिधा दृष्टी शनिबार, फाल्गुन १४, २०७८ | February 26, 2022

काठमाडौँ । सुर्खेतको भेरीगंगा नगरपालिका–१ वडा अध्यक्ष नवराज कार्कीको मोटरसाईकल दुर्घटनामा परी निधन भएको छ ।

सवारी दुर्घटनामा परेका कार्कीको उपचारका क्रममा शुक्रबार राति साढे १० बजे काठमाडौँको न्युरो अस्पतालमा निधन भएको हो ।

फागुन ८ गते रत्न राजमार्गको भेरीगंगा नगरपालिका–१२ छिन्चुमा उनी सवार भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई नेपालगंजबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले ठक्कर दिदाँ वडा अध्यक्ष कार्कीसहित स्थानीय भुपेन्द्र शाही घाइते भएका थिए ।

टाउकोमा गम्भीर चोट लागेको कार्कीको कर्णाली

प्रदेश अस्पतालमा उपचार हुन नसकेपछि हेलिकप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो ।

मोटरसाईकल चालक २० वर्षीय भूपेन्द्र शाहीको अवस्था भने सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ। उनको पनि ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचार भईरहेको छ ।

कार्की २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भएका थिए। उनी सुर्खेतका सबैभन्दा कान्छा वडा अध्यक्ष हुन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय