नेपाली कांग्रेस, एमाले, माआवादी केन्द्रसहितले ५१ दलले आयोगमा निवेदन दर्ता गराएका हुन्। उनीहरूले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका हुन्।
स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ५१ राजनीतिक दलको निवेदन प्राप्त भएको आयोगका प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिए।आयोगले फागुन ५ गतेदेखि दल दर्ता थालेको थियो।