सोमवार, जेष्ठ ९, २०७९ | Monday 23rd May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बैंकिङ कसूरका फरार प्रतिवादी १ जना पक्राउ
समाचार

बैंकिङ कसूरका फरार प्रतिवादी १ जना पक्राउ

  • सिधा दृष्टी बिहिबार, फाल्गुन १२, २०७८ | February 24, 2022

जिल्ला मकवानपुर हेटौडा उप-महानगर पालीका वडा नं. २ घर भई हाल का.जि. का.म.न.पा. चडा नं. ३१ बानेश्‍वर बस्ने बर्ष ३७ को हस्त बहादुर ठाडा मगरले बारा जिल्लाको निजगढस्थित बस्तिमा आफ्नो जग्गा भएकोले मिलाएर दिन्छु भनी विश्‍वासमा पारी जग्गा देखाई जग्गा मूल्य रु.३,००,००,०००/- (अक्षरेपी तीन करोड) कायम गरी बैना स्वरुप रु.१,०५,००,०००/-(अक्षरेपी एक करोड पाँच लाख) रकम मिति २०७६।०६।०६ गते लिएको ।
साथै बाँकी रकम लिई जग्गा पास गरी दिनु भन्दा निजले बिभिन्न बरबहाना बनाई आलटाल गरी आएको । अनलाइनमार्फत उक्त

जग्गाको अवस्था बुझ्ने क्रममा निज हस्त बहादुर ठाडा मगरले बैना गराएको जग्गाको लालपुर्जा नक्कली रहेको र वडा कार्यालयमा तिरो तिरेको रसिद समेत नक्कली रहेको भन्ने कुरा खुल्न आएको ।
बैना गरेको रकम फिर्ता माग्दा मिति २०७७।०४।०५ गते निज हस्त बहादुरले रु.१,०५,००,०००/- (अक्षरेपी एक करोड पाँच लाख) को चेक दिएकोमा सो चेक सटहीको लागि बैकमा पेश गर्दा बैकले उक्त खातामा पर्याप्‍त रकम नरहेकोले बैंकबाट चेक बाउन्स भएको ।
पीडितले बैंकिङ कसूर मुद्दामा प्रहरी परिसर काठमाण्डौमा पेश गरेको जाहेरी दरखास्त मिति २०७७।११।१३ गते मुद्दा दर्ता नं. ४९८ भएकोमा अनुसन्धान पश्‍चात बिशेष सरकारी वकील कार्यालयद्वारा सम्मानीत उच्च अदालत पाटनमा पेश भई सम्मानीत अदालतको फैसला अनुसार तिर्नु पर्ने रकम नतिरी फरार भएको ।
२०७८।११।११ गते महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीद्वारा फरार रहेको निज हस्त बहादुर ठाडा मगरलाई पक्राउ गरी सम्मानीत पाटन उच्च अदालतमा पेश गरिएको ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय