जिल्ला नवलपरासी (पूर्व) बिनही त्रिवेणी गा.पा. वडा नं. १ घर भई हाल का.जि. का.म.न.पा ११ सुन्धारा बस्ने बर्ष ४९ को सुन्दर प्रसाद पङ्गेनीले काठमाण्डौमा राम्रो जग्गा खरिद गरी राखेमा पछि राम्रो हुन्छ भनी बिभिन्न प्रलोभन देखाई रू. ७०,००,०००।- (अक्षरेपी सत्तरी लाख) रकम लगेको ।
निजले पटक पटक आलटाल गरी जग्गा पास नगरी सो बापत रू.७०,००,०००(अक्षरेपी सत्तरी लाख) को चेक दिएकोमा सटहिको लागि बैंकमा पेश गर्दा पर्याप्त रकम नरहेकोले बैंकबाट चेक बाउन्स भएको ।
पीडितले बैंकिङ कसूर मुद्दामा महानगरीय
प्रहरी परिसर काठमाण्डौमा पेश गरेको जाहेरी दरखास्त मिति २०७८।०९।२६ गते दर्ता भई अनुसन्धान गरिएकोमा निज सुन्दर प्रसाद पङ्गेनीलाई जिल्ला नवलपरासी (पूर्व) बिनही त्रिवेणी गा.पा. वडा नं. १ दुम्किबास बजारबाट मिति २०७८।११।११ गते पूर्वी नवलपरासी प्रहरीको समन्वयमा नियन्त्रणमा लिइएको ।
निज उपर बैकिङ कसूर तथा सजाय ऐन,२०७४ को मुद्दामा सम्मानीत उच्च अदालत पाटनबाट दिन-५ को म्याद अनुमति लिई महानगरीय प्रहरी परिसर काठमाण्डौबाट अनुसन्धान भई रहेको ।