कैलालीको अत्तरियामा भोलीबाट संचालन हुन लागेको सुदूरपश्चिम प्रादेशीक महोत्सवमा सहभागी हुने कलाकारको लिस्टबाट कलाकार दुर्गेश थापाको नाम हटाइएको छ । थापा अभिनेता पल शाह र गायीका समीक्षा अधिकारी बिचको विवादमा मुछीएपछी नाम हटाइएको हो ।
अत्तरिया उधोग वाँणीज्य संघका महासचिब यज्ञराज जोशीले थापा विवादमा मुछीएपछी नाम हटाइएको र यसबारेमा उनलाई जानकारी पनी गराइसकिएको बताए । महोत्सवमा फाल्गुन २१ गते कलाकार थापाको प्रश्तुती रहने तय भएको थियो ।