भरतपुर । चितवनमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार १० संक्रमित थपिँदा ६४ संक्रमित संक्रमणमुक्त भए भने एक जनाको मृत्यु भएको छ ।
यससंगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४०० मा झरेको छ । तीमध्ये ३८० संक्रमित होम आइसोलेसनमा छन् भने २० संक्रमित अस्पताल आइसोलेसनमा रहेका छन् ।
चितवनमा हालसम्म ३३ हजार ४९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३२ हजार ६४७ संक्रमित संक्रमणमुक्त भइसकेका छन् । हालसम्म ४४८ संक्रमितको मृत्यु