शुक्रबार, जेष्ठ ६, २०७९ | Friday 20th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा फुटबल खेलाडीलाई जस्तै नियम उलङ्घन भयो भनी राजनीतिक दल र उम्मेदवारलाई रेडकार्ड देखाउने अवस्था सिर्जना नगर्न सुझाव दिए
समाचार

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा फुटबल खेलाडीलाई जस्तै नियम उलङ्घन भयो भनी राजनीतिक दल र उम्मेदवारलाई रेडकार्ड देखाउने अवस्था सिर्जना नगर्न सुझाव दिए

  • सिधा दृष्टी शनिबार, फाल्गुन ७, २०७८ | February 19, 2022

काठमाडौँ, ७ फागुन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा फुटबल खेलाडीलाई जस्तै नियम उलङ्घन भयो भनी राजनीतिक दल र उम्मेदवारलाई रेडकार्ड देखाउने अवस्था सिर्जना नगर्न सुझाव दिएका छन् ।

निर्वाचन आयोगद्वारा छैटौँ निर्वाचन दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले फुटबलमा विभिन्न कार्ड देखाउँदा सचेत गराउने अवस्था रहे पनि निर्वाचनमा देखाउने कार्डअलि खतर्नाक रहने भएको हुँदा त्यसलाई समयमै महसुस गर्न दल र उम्मेदवारलाई आग्रह गरे।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, “निर्वाचन फुटबल खेल जस्तै हो, राजनीति दल र

उम्मेदवार खेलाडीका रुपमा मैदानमा आउनुहुन्छ । आयोग रेफ्रिको भूमिकामा हुन्छ, निर्वाचनका समयमा मैदानमा रहेका खेलाडी (दल र खेलाडी)ले नियम उलङ्घन (फल्ट) गरिहाल्छ कि भनेर हेर्नु पर्ने हुन्छ ।”

फल्ट भए/नभएको हेर्ने आयोगसहित निर्वाचनमा खटिने दुई लाख ५० हजारभन्दा बढी जनशक्तिको जिम्मेवारी रहेको बताउँदै उनले भने, “हामी चाहन्छौँ, कसैले कसैलाई फल्ट ग¥यो भनेर रातो कार्ड देखाउनुपर्ने अवस्था सिर्जना नहोस् ।” प्रमुख आयुक्त थपलियाले आयोग र मातहतका कर्मचारीलाई निर्वाचनको तयारीलाई विशिष्ट अङ्क ल्याएर परीक्षा उत्तीर्ण गर्ने अवसरका रुपमा लिएर काम गर्न सुझाव दिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय