बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई पानीमुनि गएपनि आफ्नो पार्टीले नछाड्ने चेतावनी दिएका छन्
समाचार

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई पानीमुनि गएपनि आफ्नो पार्टीले नछाड्ने चेतावनी दिएका छन्

  • सिधा दृष्टी शनिबार, फाल्गुन ७, २०७८ | February 19, 2022

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई पानीमुनि गएपनि आफ्नो पार्टीले नछाड्ने चेतावनी दिएका छन्। शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सरकारको आयु बढीमा एक वर्षमात्रै भएको समेत बताएका थिए।

‘अब एक वर्षभित्र चुनाव हुनैपर्छ। बच्ला कहाँ पानीमुनि गएपनि यो स्वार्थी गठबन्धन। यो कहाँ बच्छ? बच्न सक्दैन। त्यसकारण अब त बढिमा एक वर्ष हो यिनको आयू। संसारभरिका ज्योतिषीलाई एकै ठाउँमा राखेर सोध्यो भने पनि त्यही भन्छ– बढीमा एक वर्ष हो यो सरकारको आयू,' ओलीले

भने।

अध्यक्ष ओलीले प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको पार्टीमा गएकाहरुलाई एमालेमै फर्कन आह्वान गरेका थिए। प्रचण्ड र नेपालले झुक्याएर पार्टीको सदस्यता दिएकाहरुलाई पार्टीमा आउन र राष्ट्र निर्माणको अभियानमा सहभागी हुन ओलीको आग्रह छ।

अध्यक्ष ओलीले निर्वाचनमा सरकारले प्रशासनको दुरुपयोग गरे त्यसको प्रतिवाद गरेर अघि बढ्न आफ्नो पार्टी सक्षम रहेको दाबीसमेत गरेका थिए। निर्वाचनमा जनताको मतलाई खोस्न नदिने गरी अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत ओलीले दिएका थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय