सोमवार, जेष्ठ ९, २०७९ | Monday 23rd May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सिरहा कल्याणपुर घर बताउने ३२ वर्षीय पङ्कज कुमार गुप्तालाई नक्कली सुनको गहना बेच्ने कार्यमा संलग्न रहेको भन्दै बुधबार प्रहरीले पक्राउ गरे
समाचार

सिरहा कल्याणपुर घर बताउने ३२ वर्षीय पङ्कज कुमार गुप्तालाई नक्कली सुनको गहना बेच्ने कार्यमा संलग्न रहेको भन्दै बुधबार प्रहरीले पक्राउ गरे

  • सिधा दृष्टी शनिबार, फाल्गुन ७, २०७८ | February 19, 2022

काठमाडौँ – अभियोगमा सिरहा कल्याणपुर घर बताउने ३२ वर्षीय पङ्कज कुमार गुप्तालाई नक्कली सुनको गहना बेच्ने कार्यमा संलग्न रहेको भन्दै बुधबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–८ मानबहादुर मार्ग नजिकै रहेको असिम सुनचाँदी पसलमा सुन जस्तै देखिने नक्कली सुन बेच्न लागेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले गुप्तालाई सुन जस्तो देखिने पहेँलो धातुको सिक्री २ थान सहित फेला पारी पक्राउ गरेको हो ।

साथै गुप्ताले काठमाडौँ महाराजगञ्जस्थित जयलक्ष्मी सुनचाँदी पसल र ललितपुर सातदोबाटोस्थित ओमलक्ष्मी

सुनचाँदी पसलमा अन्दाजी १र१ तोलाको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रीहरू बिक्री गरिसकेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय