सोमवार, जेष्ठ ९, २०७९ | Monday 23rd May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपाली कांग्रेसका अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते एकै दिन नहुने भएको छ
समाचार

नेपाली कांग्रेसका अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते एकै दिन नहुने भएको छ

  • सिधा दृष्टी बुधबार, फाल्गुन ४, २०७८ | February 16, 2022

काठमडौं– नेपाली कांग्रेसका अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते एकै दिन नहुने भएको छ। सो दिन पार्टीका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिको जन्मजयन्ती परेकाले अधिवेशन नहुने भएको हो।

प्रदेश २ का अधिकांशसहित १६ जिल्लामा निधिको जन्म दिवस मनाइने भएकाले अब फरक फरक मितिमा अधिवेशन हुने भएको हो। अब बाँकी १६ जिल्लामा फरक फरक मितिमा अधिवेशन हुनेछन्।

फागुन २० भित्रै अधिवेशन सम्पन्न गर्ने गरि केन्द्रीय निर्वाचन समितिले कार्यतालिका संशोधनको तयारी गरिरहेको छ। गत माघ २८ गते बसेको निर्वाचन

समितिको बैठकले १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको थियो।

निर्वाचन समितिका अनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला कार्यसमितिको अधिवेशन गर्न बाँकी छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय