काठमाडौँ — काठमाडौंमा एमसीसी सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच तनाव उत्पन्न भएको छ । प्रदर्शनकारीहरूले माइतीघरमा विरोध प्रदर्शन र कोणसभा गरेका थिए । सो क्षेत्रमा बाक्लो सुरक्षा घेरा रहेको थियो ।
तर, प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा तोडेर बबरमहल सडकतर्फ विरोध प्रदर्शनलाई अघि बढाएपछि प्रदर्शनकारी र प्रहरीबीच तनाव उत्पन्न भएको थियो । प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको छ ।
सो क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । एमसीसीको विरोधमा उत्रिएकाहरूले उत्तेजक नाराबाजी गर्दै अघि बढेपछि प्रहरीलाई नियन्त्रण गर्न मुस्किल गरेको