बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • खेलकुद
  • च्याम्पियन लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नकआउट चरणको पहिलो खेलमा रियल मड्रिडलाई पराजित गरेको छ
खेलकुद

च्याम्पियन लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नकआउट चरणको पहिलो खेलमा रियल मड्रिडलाई पराजित गरेको छ

  • सिधा दृष्टी बुधबार, फाल्गुन ४, २०७८ | February 16, 2022

काठमाडौँ – च्याम्पियन लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नकआउट चरणको पहिलो खेलमा रियल मड्रिडलाई पराजित गरेको छ । गतराति भएको अन्तिम १६ अन्तर्गतको पहिलो लेगमा पिएसजीले मड्रिडलाई १–० ले पराजित गरेको हो ।

सबैको प्रतिक्षामा रहेको उक्त खेलमा पीएसजीको सामु मड्रिड कमजोर देखिएको थियो । अधिकांश समय बल आफ्नो पक्षमा राख्न सफल भए पनि पीएसजीले खेल जित्नका लागि निकै संघर्ष गर्नु परेको थियो । घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जित निकाल्न निर्धारित समयपछि थप गरिएको समयको अन्तिम मिनेटसम्म

कुर्नु परेको थियो ।

पीएसजीलाई जित दिलाउने क्रममा नेइमारले बनाइ दिएको अवसरमा केलियन एमबाप्पेले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरेका थिए । त्यसअघि पीएसजीले धेरै मौका पाए पनि त्यसलाई मड्रिडका किपर कोटुवाले बिफल पारेका थिए ।

पीएसजीले दोस्रो हाफको ६२ औं मिनेटमा पाएको पेनाल्टीबाट अग्रता लिने सुवर्ण अवसर खेरा फालेको थियो । लियोनल मेस्सीले प्रहार गरेको उक्त पेनाल्टीलाई मड्रिडका किपर कोटुवा रोकिदिएका थिए । अबको दोस्रो लेगमा पिएसजीले रियल मड्रिडको मैदान सेन्टियागो बर्नाबाउमा खेल्ने छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय