काठमाडौं- बलिउड अभिनेता शाहरुख खान, जोन अब्राहम र अभिनेत्री दीपिका पादुकोण स्पेन पुगेका छन्। बहुप्रतिक्षित मानिएको चलचित्र 'पठान'को लागि उनीहरू स्पेन पुगेका हुन्।
चलचित्रका निर्देशक सिद्धार्थ आनन्दले सामाजिक सञ्जालमा तस्बिर राख्दै उनीहरुले स्पेनमा करिब १७ दिनभित्रै सुटिङका काम सक्ने जानकारी दिएका छन्।
'पठान' बलिउडमा अहिलेसम्मकै सबैभन्दा ठूलो बजेटको चलचित्र हुने अपेक्षा गरिएको छ। निर्माण पक्षले यस चलचित्रको लागि करिब ४ अर्ब भारतीय रुपयाँ खर्च हुने जनाएको छ।