बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • रेडियोधर्मी पदार्थ ‘युरेनियम’ जस्तो देखिने धातु किनबेचमा संलग्न
समाचार

रेडियोधर्मी पदार्थ ‘युरेनियम’ जस्तो देखिने धातु किनबेचमा संलग्न

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन ३, २०७८ | February 15, 2022

काठमाडौँ — रेडियोधर्मी पदार्थ ‘युरेनियम’ जस्तो देखिने धातु किनबेचमा संलग्न भएको अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली कांग्रेससम्बद्ध ललितपुरका एक जना नेता पनि छन् ।

प्रहरी स्रोतका अनुसार कांग्रेसबाट ललितपुर क्षेत्र नं.३ ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेवार बनेका नवराज महत पक्राउ परेका हुन् । प्रहरीको विशेष ब्यूरो र काठमाडौं प्रहरी परिसर, टेकुले चलाएको संयुक्त अपरेशनमा उनीसहितका व्यक्तिहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्ने अन्यमा भूपेन्द्र खड्का, रामकृष्ण लामिछाने, नारायण यादव, सुरेन्द्र चौधरी, राजु ठाकुरलगायत छन्

। घटनामा अनुसन्धान जारी रहेको बताउँदै प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार धातुको पहिलो नमूना परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) पठाउँदा नतिजा नेगेटिभ आएको थियो । हाल बरामद गरिएको धातुको परीक्षण रिपोर्ट आइसकेको छैन । यसअघि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले गत वर्ष फागुन अन्तिम साता साढे २ किलो युरेनियम बरामद गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय