बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाए
समाचार

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाए

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन ३, २०७८ | February 15, 2022

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। भोलि बुधबार बिहान ११ः३० बजेका लागि परामर्श समितिको बैठक बोलाइएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाको बैठक भने दिउँसो १ बजेका लागि बोलाइएको छ। त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद् बैठकको एजेन्डा तय गर्नेछ। यसैबीच, बुधबारको बैठकमा एमसीसी टेबुल हुने बताइए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र सभामुखले शोक प्रस्ताव

प्रस्तुत गर्ने उल्लेख छ।

नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसद्‍मा टेबुल गर्न सभामुखले भनिसकेको बताएका थिए। प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको भोलि बुधबारको बैठकमै एमसीसी टेबुल हुन सक्ने संकेत पनि गरेका थिए।

एमसीसीमा दलहरुबीच राष्ट्रिय सहमति नबन्दा पटक पटक प्रतिनिधिसभा बैठक स्थगित हुँदै आएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय