शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • वरिष्ठ साहित्यकार डा तारानाथ शर्माको निधन भएको छ
समाचार

वरिष्ठ साहित्यकार डा तारानाथ शर्माको निधन भएको छ

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन ३, २०७८ | February 15, 2022

काठमाडौँ – वरिष्ठ साहित्यकार डा तारानाथ शर्माको निधन भएको छ । आज विहान बत्तीसपुतलीस्थित आफ्नै निवासमा ८९ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उहाँ नेपाली भाषा र साहित्यमा झर्रोवादीका रूपमा चिनिनु हुन्छ ।

शर्मा झर्रोवादी आन्दोलनका अगुवा, नियात्रा विधाका संस्थापक, निबन्धकार, कथाकार, उपन्यासकार, समालोचक र पाठ्यपुस्तक लेखक हुनुहुन्छ । अङ्ग्रेजी भाषामा विद्यावारिधि गरेका डा.शर्माले नियात्रा कृति बेलायत तिर बरालिदाका लागि मदन पुरस्कार पाउनु भएको थियो ।

इलामको बरबोटेमा जन्मेर संस्कृत शिक्षाबाट पठन सुरु गर्नुभएका शर्माले २०१३ सालमा बनारसमा

पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतका साथीभाइसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’ नेपाली साहित्यको आन्दोलनमा मानक बनेर उभिएको छ ।

‘शर्माको माध्यमिक तह पाठ्यक्रममा रहेको ‘घनघस्याको उकालो काट्ता’ निबन्धले उनको नियात्रा लेखनको अनौपचारिक र रोचक शैलीलाई चिनाउन सुरु गरेको हो । लामो समयदेखि डिमेन्सिया (विस्मृति समस्या)रोगबाट ग्रसित शर्मा मुटु रोग, उच्च रक्तचाप, मधुमेहसमेतको स्वास्थ्य समस्या झेल्दै आउनुभएको थियो । मंगलबार अपरान्ह पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने पारीवारीक स्रोतले जनाएको छ । शर्माका २ छोरा र श्रीमती रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय