बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • खानेपानी मन्त्री उमाकान्त चौधरीले सोमबार मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरिक्षण गरे
समाचार

खानेपानी मन्त्री उमाकान्त चौधरीले सोमबार मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरिक्षण गरे

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन ३, २०७८ | February 15, 2022

सिन्धुपाल्चोक– खानेपानी मन्त्री उमाकान्त चौधरीले सोमबार सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरिक्षण गरेका छन्।

गत असार १ गते र त्यसपछिको बाढीबाट क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले गरिरहेको पुनस्र्थापनाको कामको स्थालगत निरीक्षण गर्न सोमबार बिहान ७ बजे नै मन्त्री चौधरी पुननिर्माणस्थल पुगेका हुन्। काभ्रेको धुलिखेल, पाँचखालबाट मेलम्ची बजार पुगेपछि मात्र मेलम्ची खानेपानी आयोजनाका कर्मचारीले मन्त्री आएको सुइँको पाएका थिए।

झिसमिसे बिहानै मन्त्रीको आवगमन होला भन्ने नसोचेका मेलम्ची आयोजनाका कर्मचारी,

ठेक्केदार कम्पनीका श्रमिक र स्थानीयले सोचेका पनि थिएनन्। मन्त्री चौधरी बाँधस्थल पुग्दा पछिपछि सुरक्षाकर्मीको सवारी र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बेधनिधि खनाल पुगेका थिए। अम्बाथान पुगेर मन्त्री चौधरीले ठेकेदार कम्पनीले पुनर्निर्माणको कार्य सन्तोषजनक ढंगले गरिरहेको बताए।

ठेकेदार कम्पनीले हाल हेलम्बु गाउँपालिकाले निर्माण गरेको पहुँच मार्गलाई ग्राभेल गर्ने, माटो र ढुंगाको थुप्रो हटाउने, र पुरिएको सुरुङ खोतल्ने काम गरिरहेको छ। काठमाडौमा अस्थायी रुपमा पानी पथान्तरण गर्ने १ नम्वर गेटको सुरुङको मुखसम्म खोतल्दा बाहिर कुनै पनि क्षति देखिएको थिएन। ठेकेदार कम्पनीले पुरिएका सुरुङ खोतल्दा ठूला ठूला ढुंगा भेटिएको र त्यसलाई ड्रिल गर्दा र एक्साभेटरले समेत फेड्न नसक्दा समस्या भएको गुनासो गरेको थियो। ठेकेदारको समस्या समाधानका लागि मेलम्ची खानेपानी विकास समितिले नेपाली सेनाको सहयोगमा ठूला ढुंगा विष्फोट गरी फोड्ने तयारी भएको बताए।

कर्मचारी र ठेकेदार कम्पनीका प्रतिनिधिहरुलाई निर्देशन दिँदै मन्त्री चौधरीले सम्झौता अनुसार २४ घण्टा काम गर्न, दिएको कार्ययोजना अनुसार परिणाम देखिने गरी काम गर्न र समस्या देखाएर काम नरोक्न निर्देशन दिए। मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद बैठकले गत असारमा १ मा आएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलको पुनर्निर्माण गर्न ठेक्का अवधि कायम रहेको चिनियाँ ठेकेदार कम्पनी सिनो हाईड्रोलाई ३६ करोड ४५ लाख ३३ हजार १ सय ८३ रुपैयाँमा सम्झौता थप गरेको थियो। मेलम्ची खानेपानी आयोजनाले बाँधस्थलमा १९ जना इन्जिनियरहरुलाई खटाएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय