सोमवार, जेष्ठ ९, २०७९ | Monday 23rd May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच आज बिहान भेटवार्ता भएको छ
समाचार

सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच आज बिहान भेटवार्ता भएको छ

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन ३, २०७८ | February 15, 2022

काठमाडौं- सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच आज बिहान भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो।

बैठक बिहान ८ बजे सुरु भएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव, एमसीसी, अवरुद्ध संसद् र स्थानीय तहको निर्वाचनबारे छलफल भइरहेको बताइएको छ।

महाभियोगबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक पनि आज बस्दैछ। बैठक बिहान नौ बजे बानेश्वरस्थित संसद् भवनको

ल्होत्से हलमा बस्ने बताइएको छ। बैठकमा विशेष गरी अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसी संसद्मा अघि बढाउने विषयमा छलफल हुने नेताहरुले बताएका छन्।

संसद् बैठक भोलिका लागि आह्वान गरिएको छ। भोलिको संसद् बैठकमा एमसीसीलाई अघि बढाउने र पारित गर्ने विषयमा संसदीय दलले निर्णय गर्ने बुझिएको छ।

साथै, सत्ता गठबन्धनमा आबद्ध तीन दलका तर्फबाट दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा पनि बैठकमा छलफल हुनेछ। संसद्मा विचाराधीन विभिन्न विधेयकमा पार्टीले खेल्ने भूमिकालगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ।

आज नै कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि बस्दैछ। माघ २८ गतेदेखि जारी बैठकमा आज विशेषगरी म्याद सकिएका कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाहरूका विषयमा छलफल हुने बताइएको छ। आसन्न स्थानीय तह निर्वाचन, महाभियोग प्रस्ताव र एमसीसीलगायत विषयमा पनि छलफल हुनेछ।

बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।

उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सर्वोच्चका चार जना न्यायाधीश र सभामुखमाथि महाभियोग अघि बढाउने तयारी गरेको छ। एमालेले संसदीय दलको बैठकमा सोमबार प्रत्येक सांसदलाई ६ वटा खाली कागजमा हस्ताक्षर गराएर तयारी अवस्थामा राखेको छ।

आइतबार साँझ बसेको सचिवालय र सोमबारको संसदीय दल बैठकले सत्ता पक्षको कदमको सदन, सडक र कानुनी क्षेत्रबाट प्रतिवाद गर्ने निर्णय गरेको थियो।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय