बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अन्तराष्ट्रिय
  • ओमानमा जारी पाँच देशबीचको टी–२० क्रिकेट सिरिजमा आयरल्याण्डसँग नेपाल १३ रनले पराजित भएको छ
अन्तराष्ट्रिय

ओमानमा जारी पाँच देशबीचको टी–२० क्रिकेट सिरिजमा आयरल्याण्डसँग नेपाल १३ रनले पराजित भएको छ

  • सिधा दृष्टी सोमवार, फाल्गुन २, २०७८ | February 14, 2022

काठमाडौँ – ओमानमा जारी पाँच देशबीचको टी–२० क्रिकेट सिरिजमा आयरल्याण्डसँग नेपाल १३ रनले पराजित भएको छ ।

१४६ रनको लक्ष्य पछ्याएको नेपालले अलआउट हुँदै १३२ रन मात्रै बनाउन सक्यो । नेपालका लागि आरिफ सेखले सर्वाधिक २६ रन बनाए ।

कप्तान पारस खड्का २५, इशान पाण्डे २२, दीपेन्द्रसिंह ऐरी १९ र करण केसीले १६ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोडन नसक्दा नेपाल पराजित हुन पुग्यो ।

तेस्रो विकेट गुम्दा समेत लयमै रहेको नेपालले त्यसपछि लगातार विकेट गुमायो । करण

केसीले ९ बलमै १६ रन बनाए पनि हार रोक्न सकेनन् । टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्याण्डले १४५ रनमा समेट्न नेपालका लागि सन्दीप लामिछाने र अविनाश बोहोरोले समान दुईरदुई विकेट लिए ।

करण केसी र ललितनारायण राजवंशीले समान एकरएक विकेट लिए । ह्यारी टम टेक्टरलाई ललितको बलमा दिपेन्द्रसिंह ऐरीले रन आउट गरे । मार्क रिचार्डलाई करणले रन आउट गरेका थिए । नेपाल तीन खेलबाट चार अंक जोड्दै तेस्रो स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय