काठमाडौं - प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस प्रदेश नम्बर–१ को अधिवेशन उद्घाटन गरेका छन् ।
सबै प्रदेशको एकैदिन उद्घाटन भएकाले देउवाले भर्चुअल माध्यमबाट छोटो सम्बोधन गरी अधिवेशन उद्घाटन गरेका हुन् । सभापति देउवाले नै भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भनेपछि हिजो अधिवेशन उद्घाटन स्थगित गरिएको थियो ।
“कांग्रेसले गरेका ठूलठूला संघर्षको परिणामस्वरूप आएको संघीयताअनुरूपको पहिलो प्रदेश अधिवेशन उद्घाटन गर्न पाउँदा मलाई खुसी लागेको छ,” उद्घान मन्तव्यमा देउवाले भने, “आगामी केही महिनामै स्थानीय तह निर्वाचनमा जानुपर्ने भएकाले संयमित र