दोलखा – काप्साको जिरी नगरपालिका–३ मा प्रहरीले घरेलु बन्दुकसहित ४९ वर्षीय युवकलाई पक्राउ गरेको छ । सूचनाको आधारमा इलाका प्रहरी कार्यालय जिरीबाट खटिएको प्रहरी टोलीले बुधबार राति कप्साबाट ४९ वर्षीय रामबहादुर बस्नेतलाई पक्राउ गरेको हो । बस्नेतलाई मादक पदार्थ सेवन गरेको अवस्थामा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।