सोमवार, जेष्ठ ९, २०७९ | Monday 23rd May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अन्तराष्ट्रिय
  • वायु प्रदूषण बढेपछि नयाँ दिल्लीका विद्यालय भोलिदेखि बन्द हुँदै
अन्तराष्ट्रिय

वायु प्रदूषण बढेपछि नयाँ दिल्लीका विद्यालय भोलिदेखि बन्द हुँदै

  • सिधा दृष्टी बिहिबार, मंसिर १६, २०७८ | December 2, 2021

भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको तह बढेकाले शुक्रबारदेखि त्यहाँका विद्यालय बन्द हुने भएका छन् । दिल्लीका वातावरणमन्त्री गोपाल राईले अर्को आदेश जारी नभएसम्म शुक्रबारदेखि विद्यालयको भौतिक कक्षा बन्द हुने बताए ।

वायु प्रदूषण बढेपछि सर्वोच्च अदालतले दिल्ली सरकारलाई विद्यालय बन्द गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि दिल्ली सरकारले भौतिक कक्षा बन्द गर्ने निर्णय गरेको हो ।

“हामीले वायुको गुणस्तर सुधार हुने प्रक्षेपणलाई ध्यानमा राखेर विद्यालय पुनः खोलेका थियौँ । तर, वायु प्रदूषणको स्तर फेरि बढेको छ र हामीले

अर्को आदेश नभएसम्म शुक्रबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरेका छौँ,” राइले भने ।

नोभेम्बर १३ देखि बन्द भएको भौतिक कक्षा सोमबारदेखि पुनः सुरु भएको थियो ।

सर्वोच्च अदालतले बिहीबार अनलाइन कक्षाको विकल्प दिन पर्याप्त नभएको बताएको थियो ।

“तपाईंले यसलाई ऐच्छिक छोडिदिनुभएको छ । तर, घरमा बस्न कसलाई मन छ र ? हाम्रा पनि छोराछोरी र नातिनातिना छन् । उनीहरूले महामारीदेखि समस्याहरू सामना गर्दै आएका छन् । यदि तपाईंले काम गर्नुभएन भने हामीले कडा कारबाही गर्नेछौँ । हामी तपाईंलाई २४ घण्टाको समय दिन्छौँ,” भारतका प्रधानन्यायाधीस एनभी रमानाले भने ।

 

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय