शनिबार, जेष्ठ १४, २०७९ | Saturday 28th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • आर्थिक
  • नेप्से परिसूचक घटेर २५ सय बिन्दुमा
आर्थिक

नेप्से परिसूचक घटेर २५ सय बिन्दुमा

  • सिधा दृष्टी बिहिबार, मंसिर १६, २०७८ | December 2, 2021

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  परिसूचक घटेर २५ सय बिन्दुको अंकमा आइपुगेको छ । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीति समीक्षापछि निरन्तर घट्दै आएको नेप्सेको गिरावट क्रम बिहीबार पनि रोकिएन । जससँगै परिसूचक २५ सय ८४ अंकमा आइपुगेको हो ।

कारोबार सुरु भएदेखि नै घट्न थालेको परिसूचक बन्द हुँदासम्म ४९ अंकले ऋणात्मक रह्यो । बजार घटेको दिन आज साताको अन्तिम दिन कारोबार रकममा पनि चमक देखिएन । कारोबार अवधिभर जम्मा ७९ लाख कित्ता सेयर खरिद बिक्री भएर ३ अर्ब ४१

करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

करिब ५० अंकको गिरावट आएको दिन कारोबार भएका १३ वटै समूहमा गिरावट आएको छ । घटेकामध्ये निर्जीवन बीमा समूहमा सबैभन्दा बढी २ सय ४५ अंकको, जीवन बीमा समूहमा २ सय ३० र विकास बैंक समूहमा १ सय ८९ अंकको गिरावट आएको छ । यस्तै, आज उत्पादनमूलक १ सय ४५ अंकले, वित्त समूहमा ७५ अंक, होटल र टुरिजम समूहमा ६२ अंकको गिरावट आएको नेप्सेले जानकारी दिएको छ ।

बजार घटेपनि आज सामलीङ पावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । जससँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४६ रुपैयाँले बढे ५ सय ७ रुपैयाँ पुगेको छ । यस्तै, न्यादी हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४ सय १३ रुपैयाँ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय