बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • देशभर ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु
समाचार

देशभर ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु

  • सिधा दृष्टी बिहिबार, मंसिर १६, २०७८ | December 2, 2021

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप ३ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ५ सय ११ जनाको पीसीआर परीक्षण गर्दा २ सय ९८ जना र १ हजार ८ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जना गरी ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको निधन भएको छ भने २ सय १ जना निको भएका छन् ।

बिहीबार थपिएसँगै

नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १ हजार ४ सय ९५ पुगेको छ । योसँगै नेपाल निधन हुनेको संख्या ११ हजार ५ सय ३५ पुगेको छ भने ८ लाख ३ हजार ३ सय ६९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४५ जना रहेका छन् । जसमध्ये ६ हजार ७ सय १५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ सय ३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ सय १० जना आईसीयू र ३८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २६ जना कोरोना संक्रमित थपिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय