शुक्रबार, जेष्ठ ६, २०७९ | Friday 20th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • खेलकुद
  • ‘ए’ डिभिजन लिग खेलाइरहेका फिफा रेफ्रीहरूले दिए सामूहिक राजीनामा
खेलकुद

‘ए’ डिभिजन लिग खेलाइरहेका फिफा रेफ्रीहरूले दिए सामूहिक राजीनामा

  • सिधा दृष्टी बिहिबार, मंसिर १६, २०७८ | December 2, 2021

काठमाडौं - सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलाइरहेका फिफा रेफ्रीले बिहीबार सामूहिक राजीनामा दिएका छन् ।

शीर्ष डिभिजनको लिग जारी रहँदा एन्फाले डिसेम्बर २१ मा फिटनेस लेभल टेस्ट लिने भनेको थियो । तर, रेफ्रीहरू लिग चलिरहेको अवस्थामा फिटनेस टेस्टका लागि समय माग गरेका थिए । एन्फाले त्यसमा लचकता नअपनाएपछि रेफ्रीहरूले राजीनामा दिएका हुन् ।

"हाम्रो आत्मसम्मानमा चोट पुर्‍याउने काम भएको छ । हामी हाम्रो हकहितका लागि कुरा गर्न जाँदा अध्यक्षज्यूले गुटबन्दी गरेको र राजनीति गरेको आरोप लगाउनुभयो," फिफा रेफ्री प्रकाश नाथले

भने, "अब अहिले हामी राष्ट्रिय रेफ्रीको भेला भइराखेको छ। उहाँहरूले पनि थप निर्णय गर्नुहोला ।"

प्रकाश नाथले १० मध्ये ८ जनाले राजीनामा बुझाएको बताए । रेफ्रीहरूले राजीनामा बुझाएको पत्रमा 'राजीनामा गरी पाऊँ' भन्ने बेहोरा उल्लेख छ । त्यसको मतलब राजीनामा गर्नका लागि स्वीकृत मागेको जस्तो देखिएको छ। त्यसबारे सोध्दा प्रकाश नाथले भने, "हामी खेल खेलाउने मान्छे हौँ । हाम्रोले जे जान्यौँ त्यही लेख्यौँ । भाषा अलि अलि तलमाथि भयो होला । तर, हामीले राजीनामा नै बुझाएको हो ।" रेफ्रीहरूले आफ्नो माग पूरा नभए लिग बहिस्कार गर्ने चेतावनी दिएका छन् । एन्फाले भने आफ्नो निर्णयबाट पछि नहट्ने अडान राखेको छ ।एन्फाको रेफ्री निर्देशक गौतम कौरले यो विषय सामान्य भएको बताए । उनले भने, "‘हाम्रो आफ्नो कार्यक्रमहरू छन् । हामी त्यसैअनुसार जान्छौँ । यो त सानो आन्तरिक प्रतिस्पर्धा मात्र हो । ठुलो कुरा होइन । उनले यसबारे धेरै चर्चा हुनु आवश्यक छैन ।"

 

 

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय