कैलाली- टीकापुर नगरपालिका-१ स्थित सिद्धार्थ होटलको ३०१ नम्बर कोठाबाट दुई थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने सात राउण्ड गोली बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ।
होटलमा अवैध हतियार राखेको हुन सक्ने भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उक्त होटलको कोठा खानतलासी गर्ने क्रममा बाथरुमभित्र शौचालयको कमडको पछाडी खाली भागभित्र लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।